धनगढी । अत्तरियामा १ दिवसीय खुल्ला “सुदूरपश्चिम प्रदेश स्तरिय लोक गायन प्रतियोगिता हुने भएको छ।
सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानको आयोजना र रविन कला केन्द्रको सह–आयोजनामा उक्त् कार्यक्रम हुन गईरहेको छ । व्यक्तिगत प्रतिभालाई अगाडी बढाउनुको साथै हाम्रो कला संस्कृतिको जगेर्ना गर्ने उद्देश्यका साथ उक्त कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।
गायन प्रतियोगिता भोली जेष्ठ १९ गते हुने रविन कला केन्द्रका संस्थापक अध्यक्ष श्री राम बहादुर रावलले बताए। यो कार्यक्रममा एक जिल्ला बाट एक जना मात्र प्रतिष्पर्धि रहने र प्रतियोगितामा प्रथम, द्वितीय र तृतिय प्रतियोगी लाइ क्रमशः १५०००, १०००० र ७००० रहेको र सान्त्वना जनहि ३००० पुरस्कार रहको पनि अध्यक्ष रावलले बताए ।
उनले हाल हाम्रो कला संस्कृति हराउँदै गएको बेला यसलाई जोगाई राख्न यस्ता कार्यक्रमको निकै महत्वपुर्ण भुमिका रहने र यस रविन कला केन्द्रले वि.सं २०५८ साल देखि कला तथा संस्कृति जोगाउन यस्ता कार्यक्रम गर्दै आएको र अझै पनि यस्ता कार्यमा सधैँ अगाडि बढाउने अध्यक्ष रावलले बताए । दुई दशक कला क्षेत्रमा काम गरेकोले आफ्नो कला केन्द्रले स्थानिय देखि राष्ट्रिय स्तर सम्मका कलाकार उत्पादन गरेको समेत उनले बताए ।
उक्त प्रतियोगितामा बरिष्ठ कलाकारहरुको उपस्थिति तथा प्रस्तुति र केहि कलाकारहरुको सम्मान र यस प्रतियोगितामा निर्णयकको भुमिकामा नरेन्द्र राज रेग्मी, लाल बहादुर धामी(अछामी बड्डो)र सुरत रावत (डोटेलि कान्छा) रहने आयोजकले जानकारी दिएको छ ।