धनगढी- कैलालीको गौरीगंगा नगरपालिका–७ लहानुचोक स्थित खाली घरबाट २ ग्राम ३५२ मिलिग्राम खैरो हिरोइनसहित दुईजना पक्राउ परेका छन ।
गौरीगंगा ७ मा रहेको दिपक धामीको खाली घरको कोठामा शंकास्पद रुपमा बसिरहेका दुई जना लागुऔषधसहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
खाली घरको कोठामा लुकाईछिपाई राखेको दुई ग्राम ३५२ मिलिग्राम खैरो हिरोइनसहित सोही नगरपालिकाको वडा नम्बर ८ बस्ने वर्ष २६ को रुपेन्द्र कलेल र लिक्मा बस्ने वर्ष २६ को पदम बहादुर कलेललाई प्रहरीले पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय सडकपुर बौनिया कैलालीबाट खटिएको प्रहरी टोलीले उनीहरुको साथबाट नाप तौल गर्ने तराजु बरामद समेत बरामद गरेको जनाएको छ ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।