कैलाली – कैलालीको कैलारी गाउँपालिकाले आज एक दिनको शोक विदा घोषणा गरेको छ। गाउँपालिकामा कार्यरत कार्यालय सहयोगी चञ्चला चौधरीको यही चैत ८ गते निधन भएकोले यस्तो निर्णय गरिएको हो।
गाउँपालिकाको सूचना अनुसार, पालिका भरि आज एक दिनको लागि गाउँपालिका कार्यालय, वडा कार्यालय, शैक्षिक संस्था तथा स्वास्थ्य संस्थामा अति आवश्यक सेवा बाहेक सबै कार्यालय बन्द रहनेछ।
चञ्चला चौधरीको निधनले गाउँपालिका परिवारलाई गहिरो शोक छाएको छ। उनको स्मृतिलाई सम्मान गर्दै गाउँपालिकाले यो शोक विदा घोषणा गरेको हो।