धनगढी – कैलालीको चिसापानी धुलिकोट ऐतिहासिक पदयात्रा प्रतियोगिता २०८२ हुने भएको छ । नवल सिहं रावल फाउन्डेसनले सिसापानी एड्भेन्चर रिसोर्ट मोहन्याल ७ कैलालीमा आयोजना गरेको पत्रकार सम्मेलनमा सो जानकारी दिएको हो । सुदुरपश्चिममा आन्तरिक र बाह्य पर्यटक भित्रयाउने उदेश्यले यो पदयात्रा बैशाख १८ गते आोजना गरिन थालेको तपेन्द्र रावलले जानकारी दिए ।
चिसापानीलाई सुदुरपश्चिमको पर्यटन राजधानी बनामउनुपर्छ भन्ने दवाव सहित बैसाख १८ गते नेपालमै पहिलो पटक पदयात्रा गराउन लागिएको अभियानमा स्थानिय पालिकाले पनि अपनत्व ग्रहण गरी साथ दिएको लम्कीचुहा नगरपालिकाका प्रबक्त लब शाहीले जानकारी दिए । पदयात्राले चिसापानी र धुलिकोट दरबारको थप प्रचार प्रसार हुने उनको अपेक्षा छ । प्रतियोगितामा सुदुरपश्चिम प्रदेश भरीका सांसद, स्थानिय तहका प्रमुख तथा उप प्रमुख र वडा अध्यक्ष देखी सदस्य सम्म सहभागी हुन पाउने आयोजकको भनाई छ ।
पदयात्राको बिजेता पुरुष तर्फ एक लाख, महिला तर्फपनि एक लाख पुरस्कार रहेको छ । यस्तै दोश्रोलाई ५० हजार र तेश्रो लाई २५ हजार पुरस्कार राखिएको छ । सहभागिहरुका लागी फारम खुला गरिएको बताउँदै रावलले एक हजार फारम दस्तुर राखिएको बताए ।
प्रतियोगिताको लोगो लम्की चुहा नगरपालिकाका नगर प्रमुख सुशिला शाहीले सार्बजनिक गरेकी छन् । लोगोको सार्बजनिक गर्दै शाहीले यस क्षेत्रको पर्यटन विकासका लागी सबैले लाग्नु पर्ने आबश्यक रहेको बताईन् । उनले सबैले यो कार्यक्रमलाई सफल पार्न आ -आफनो ठाँउबाट लाग्नु पर्ने बताईन् ।