धनगढी - कैलालीको चुरे गाउँपालिकामा श्रीमानले आफ्नै श्रीमतीको बन्चरो प्रहार गरी हत्या गरेका छन्।
जिल्लाको चुरे गाउँपालिका–६ मल्लो ढुङ्गेनीका ५५ वर्षीय डम्बर चुनाराले ४७ वर्षीया हिरादेवी चुनाराको बन्चरो प्रहार गरेर हत्या गरेका हुन। हिजो राति करिब एक बजेको समयमा उनको हत्या भएको समाजसेवी नवराज पाठक बताएका छन्।
उनका चारवटा छोरी र एउटा छोरा रहेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। उनकी कान्छी छोरीको उमेर मात्र दस वर्ष रहेको छ। अहिले तिहारको मुखैमा श्रीमानले श्रीमतीको हत्या गर्दा पुरै मल्लो ढुङ्गेनीका गाउ नै शोक मग्न भनेको छ ।
हत्या गर्ने श्रीमानलाई भने राति साढे१ बजेकै समयमा इलाका प्रहरी कार्यालय फलटुणेले गिरफ्तार गरी इलाका प्रहरी कार्यालय मालाखेतीमा बुझाएको जनाएको छ। मृतक हिरादेवी चुनाराको सब पोस्टमार्टमका लागि धनगढीको सेती अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय माला खेतीले जनाएको छ।