धनगढी– कैलालीको लम्की चुहाबाट लागु औषध (खैरो हिरोइन) सेवन तथा बेचविखन कार्यमा संलग्न दुुइ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
शुक्रबार प्रहरीले लम्की चुहा १ बस्ने २२ वर्षिय पदम न्यौपाने र २१ वर्षिय टंक बोहरालाई प्रहरीले पक्राउ गरेको हो ।
लागु औषध सेवन तथा बेचबिखन कार्य भईरहेको भन्ने गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
उनीहरुलाई खानतलासी गर्दा न्यौपानेको घरमा लुकाई–छिपाई टिनको बाकस भित्र रहेको खुकुरी चुरोटको बट्टामा कालो प्लाष्टिकको झिल्लीमा पोका पारी राखेको २ ग्राम १७० मिलिग्राम लागु औषध बरामद गरिएको जनाएको छ ।
पक्राउ परेकामाथि थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ