कैलालीको हाटखोलीमा डुबेर एक युवकको मृत्यु

धनगढी । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ८ मा पर्ने हाटखोलीमा नदीमा डुबेर डडेल्धुराका एक जना युवकको मृत्युभएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीले दिएको जानकारी अनुसार कैलालीको हाटखोलीमा नुहाउन गएका डडेल्धुराको अमरगढी नगरपालिका–२ कारीगाउँका २५ वर्षीय प्रतिक पन्तको कैलालीको गोदावरी नगरपालिका–८ स्थित हाटखोलीको कालाखोला भन्ने स्थानमा नदीमा डुबेर मृत्यु भएको प्रहरीले बताएको छ ।

आफ्नै कार बुकिङमा चलाउने पन्त शुक्रबार पनि सवारी लगेर हाटखोली गएका थिए । गर्मीका कारण आफ्ना थप ५ जना साथीहरूसँग नदीमा नुहाउन गएका उनको डुबेर मृत्युभएको र अहिले उनको शव निकालिएको र घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

ad_wide