कैलालीमा भन्सार छलेर भाग्न खोज्ने भारतीय गाडी र चालक सशस्त्रप्रहरीको फन्दामा – भन्सार कार्यालय भन्छ पक्रिया अगाडी बढीसक्यो

धनगढी – बुधवार भारत वाट त्रिनगर गौरीफन्टा हुदै धनगढीमा फलफुल ढुवानी गर्न आएको भारती नंबरको ट्रक चटकपुरको मायामेट्रो अगाडी वाट सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरीले १५ लाख १९ हजार बिगोसहित भारतीय गाडी भन्सार बुझाएको छ । कैलाली भन्सार कार्यालयमा व्यारेयलमा सयुक्त रुपमा सशस्त्र प्रहरी भन्सारका कर्मचारीको टोलिको चेक जाँच र गाडी इन्ट्री पश्चात भन्सार गराउन पठाईएकोे यूपी २५ एफटी ०९३८ नम्बरको फलफुल बोकेको ट्रक भन्सार कार्यालय नछिरी भाग्न खोज्दा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो । भारतीय फलफूल व्यापारीले मिनी ट्रकमा एक लाख ३९ हजारको अङ्गुर, एक लाख ५२ हजारको अनार र २८ हजारको अम्बा भन्सार छली गरेर धनगढी पु¥याएका थिए । भारतीय चालकले चलाएको गाडी सशस्त्र प्रहरीले नियन्त्रणमा लिएर बुधवार साँझ कैलाली भन्सार कार्यालय, धनगढी बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

कैलाली भन्सार कार्यालयका सुचना अधिकारी खिम प्रसाद अर्यालले सशस्त्र प्रहरीले हिजो साझा प्रतिवेदन सहित गाडी बुझाउन आएको मा बुधवारनै कार्यालयले उक्त गाडी बुझेर प्रक्रिया अगाडी बढाईएको बताए । उनले गाडी भारत वाट आएमा उक्त गाडी चालक दिपक तिवारीले चलाएका थिए, भन्सार कार्यालयको गेटमा इन्ट्री गरी सके पछि उनी सिधै धनगढीतर्फ भाग्न खोज्दा सशस्त्र प्रहरीले नियन्त्रण लिएर कैलाली भन्सार कार्यालय बुझाएको बताए ।

ad_wide