सनराईज टिभि न्युज
धनगढी – जिल्ला प्रशासन कार्यालय कैलालीले राष्ट्रिय परिचयपत्र वितरणका लागि १३ वटै स्थानीय तहमा कर्मचारी परिचालन गरेको छ।
जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीका अनुसार आवेदन फारम भरेका नागरिकलाई परिचयपत्र वितरण गर्न बुधबारदेखि कर्मचारीहरू खटाइने छन्। नागरिकहरूले आफ्नै स्थानीय तहको कार्यालय वा पालिकाले व्यवस्थापन गरेको स्थानमा गएर परिचयपत्र प्राप्त गर्न सक्नेछन्।