सनराईज संवाददाता
अत्तरिया –
जिल्लाको अत्तरियामा रहेको नो लाइट काउन्टरका कर्मचारी सुन्दरलाल चौधरी माथि खुकुरी प्रहार गरिएको हो। इलाका प्रहरी कार्यालय, मालाखेतीले अज्ञात समूहले खुकुरी प्रहार गरेको बताएको छ। मोटरसाइकलमा आएका ६ जनाले उनीमाथि खुकुरी प्रहार गरेका हुन। चौधरीको टाउँकोमा चोट लागेको छ। उनको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार हुँदैछ। खुकुरी प्रहार गर्नेहरूको खोजी जारी रहेको प्रहरीले बताएको छ।घटनाको कारण खुलेको छैन।