धनगढी – कैलालीमा ४ वर्षीय बालकमाथि हँसिया प्रहार गरिएको छ। घोडाघोडी नगरपालिका–५ को देउकलिया बस्ने हरि कडेलको ४ वर्यीय छोरा प्रेममाथि हँसिया प्रहार भएको प्रहरीले जनाएको छ।
बालकलाई घोडाघोडीमा सामान्य उपचारपछि थप उपचारका लागि धनगढी ल्याइएको छ। हँसिया प्रहार गर्ने अर्जुन कडेललाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको छ। उनी मानसिक रूपमा अस्वस्थ रहेको बुझिएको प्रहरीको भनाइ रहेको छ।