धनगढी - कैलालीमा ६ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा एक किशोरलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा चुरे गाउँपालिकाका १४ वर्षीय किशोर रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले
उनीहरु दुवै जना नातामा साली–भिनाजु पर्छन् । किशोरले जबरजस्तीकरणी गरेपछि बालिकाको स्वास्थ्यमा समस्या देखिएपछि आइतबार उपचारका लागि सेती प्रादेशिक अस्पताल ल्याइएको थियो ।
उपचारका क्रममा घटनाबारे प्रहरीलाई जानकारी भएको थियो । बालिकामाथि जबरजस्तीकरणी गरेको खुलेपछि आरोपित किशोरलाई पक्राउ गरिएको कैलालीका प्रमुख प्रहरी उपरीक्षक(एसपी) पदमबहादुर बिष्टले जानकारी दिए । किशोरलाई प्रहरी चौकी घरखेडाले पक्राउ गरेको हो ।
घटनाबारे अनुसन्धान भइरहेको छ । पीडक किशोर र पीडित बालिकाका परिवार नातेदार भएका कारण किटानी जाहेरी दिन मानेका छैनन् । पीडित बालिकाका अभिभावकलाई बोलाएर किटानी जाहेरी दिन प्रहरीले आग्रह गरेको छ ।