धनगढी -कैलालीमै लागुऔषधसहित एक जना पसल सञ्चालक पनि पक्राउ परेका छन ।
जिल्लाको गौरीगंगा नगरपालिका–८ बडैपुरस्थित मष्टा एग्रो प्रोडक्सन एण्ड सप्लायर्सका पसल सञ्चालक बझाङको केदारेश्वर गाउँपालिका–६ थापागाउँ घर भएका ३१ वर्षीय डम्बरबहादुर गुरधामी लागूऔषधसहित पक्राउ परेका हुन्।
उनलाई ५३ ग्राम ८ सय १० मिलिग्राम लागुऔषधिसहित सोमबार दिउँसो इलाका प्रहरी कार्यायल मसुरियाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो। अहिले दुबै घटनाको प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरी श्रोतले जनाएको छ।