कैलाली ट्राफिक प्रमुख देउवा भन्छन् – ट्राफिक नियमको पालना गर्नुहोस नत्र कार्वाही गछौं

धनगढी – दिप श्रेष्ठ,  जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीको नेतृत्वमा अहिले प्रहरी निरिक्षक चक्र बहादुर देउवा छन् । उनी आई सके पछि धनगढीमा रातीको समयमा सवारी चेकजाँचमा कडाई गरेको पाईएको छ । धनगढीमा रातीको समयमा मादक पदार्थ र लागु पदार्थ सेवन गरेर सवारी साधान चलाउने गरेको पाईएकाले पछिल्लो समय आफु जिल्लाको इन्चार्ज भएर आई सके पछि चेकिङमा कडाई गरेको इन्चार्ज देउवाले बताए । हामीले मेसिनको प्रयोग गरेर सवारी चालकलाई चेकिङ गरिरहेका छौ उनले भने मोटरसाईकल र हलुका सवारी साधनहरु वढी फेला परेको उनले बताए ।

 

सवारी साधन चलाउदा मोटर साईकल सवारी चालकले हेल्मेटको प्रयोग गर्नु पर्ने, ओभरलोड भएमा कार्वाही गरिने इन्चार्ज देउवाले बताए । ६ लेन सडकमा अहिले पनि सवारी चालकहरुलाई लेनको वारेमा थाहा नभएको पाईएको छ । हामीले प्रत्येक शुक्रवार नियमित रुपमा कार्वाहिमा परेको चालकहरुलाई प्रशिक्षण गराउने गरेको देउवाले बताए ।

 

६लेनमा जादा वा हाईवे सडकमा सवारी चलाउदा आफ्नो लेनको प्रयाग गर्नुपर्ने, क्षेमता भन्दा वढी यात्रु नबोकि दिनुस, मोटरसाईकलमा यात्रा गर्दा अनिवार्य हेलमेटको प्रयोग गरिदिनुहोस, ओभरलोड गरेर सवारी नचालाईदिनुहोस, ओभरटेक गर्दा साइड मागेर मात्र अगाडी बढुनुहोस भन्दै जिल्ला ट्राफिक कार्यालय कैलालीले अनुरोध गरेको छ । नियम विपरित सडकमा हिडेको पाईएमा कानुन बमोजिम कार्वाही गरिने ट्राफिक कार्यालयले जनाएको छ ।

 

 
ad_wide