धनगढी– कैलालीको धनगढीस्थित ट्राफिक प्रहरी कार्यालयको जिम्मेवारी चक्रबहादुर देउवाले सम्हालेका छन् । फागुन ११ गते उनलाई धनगढी ट्राफिक कार्यालयमा सरुवा गरिएको भएपनि बिहिबारमात्र उनले जिम्मेवारी सम्हालेका हुन् ।
बिहिबार उनलाई प्रहरी प्रमुखका रुपमा स्वागत गरिनुका साथै उनले पदभार ग्रहण गरेको जनाइएको छ । देउवा यसअघि नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियामा कार्यरत थिए । नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखाले फागुन ११ गते उनलाई पत्र दिएको थियो । उनलाई धनगढी कार्यालयमा काज खटाईएकोमा स्वागत गरिनुका साथै कार्यालय प्रमुखको पदभार ग्रहण गरेको जनाइएको छ ।
