कैलाली प्रहरीले गर्याे चार लाख बराबरको भन्सार छलीको समान बरामद

धनगढी- कैलालीको धनगढी बाट प्रहरीले चार लाख बराबरको भन्सार छलीको समान बरामद गरेको छ ।

आज साउन ११ गते वडा प्रहरी कार्यालय धनगढीबाट खटिगएको प्रहरी टोलीले धनगढी उप–महानगरपालिका वडा नं. ०२ राम जानकी मन्दिर नजिक बाट भारतबाट भन्सार छली गरि ल्याएको अन्दाजी मुल्य रु.२ लाख १२ हजार बराबरको ६२० जोर जेन्स मोजा र ४४० जोर लेडिज मोजा बरामद गरेको हो ।

त्यस्तै तालुक सुदुर पश्चिाम प्रदेश प्रहरी कार्यालय धनगढी र प्रहरी चौकी त्रिनगरबाट खटिगएको संयुक्त प्रहरी टोलीले जिल्ला कैलाली धनगढी उप–महानगरपालिका वडा नं. ०३ स्थित भारतबाट भन्सार छली गरि ल्याएको अन्दाजी मुल्य रु.१ लाख ९० हजार ६ सय बराबरको लन्डनहर्न, जेल, एकोन प्रो चस्मा र चस्माको ग्लास बेवारिसे अवस्थामा फेलापारी बरामद गरी आवश्यीक कारवाहीको लागि त्रिनगर भन्सार कार्यालय कैलाली बुझाईएको प्रहरी स्रोतले जनाएको छ ।

ad_wide