कैलाली प्रहरी हिरासतमा रहेका एक युवकको मृत्यु

धनगढीः कैलाली प्रहरी हिरासतमा रहेका एक युवकको मृत्यु भएको छ।

भन्सार छलीका सामानसहित तीन गते पक्राउ परेका ३५ वर्षीय धनगढी गाउँका बुद्धीराम चौधरीको मृत्यु भएको हो। प्रहरीका अनुसार प्रहरी हिरासतमा रहेका चौधरीको उपचारका सेती प्रादेशिक अस्पतालमा मृत्यु हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कविन्द्र बोहराका अनुसार चौधरी तीन गते भन्सार छलीका सामानसहित पक्राउ परेका थिए। उनी मदिरा धेरै सेवन गर्ने गरेको बुझिएको छ। आज ९आइतबार० विहान उनको मृत्यु भएको हो।

ad_wide