धनगढी । सुदूरपश्चिम प्रज्ञा– प्रतिष्ठानको सहयोगमा स्वतन्त्र विद्यार्थी युनियनले कैलाली बहुमुखी क्याम्पसमा स्ववियु संग्रहालय निर्माण गरेको छ।
संग्रहालयकोे आज एक औपचारिक कार्यक्रमका बिच सुदुरपश्चिम प्रज्ञा प्रतिष्ठानका उप कुलपति डा टिएन जोशीले उद्घाटन गरेका छन्।
सूदुरपश्चिम कलाको र सस्कृतिको जगेर्ना गर्ने प्रमुख लक्ष राखेर संग्रहालयको उद्घाटन गरिएको हो।
संग्रहालयमा सुदूरपश्चिमकोे मौलिकता सँस्कृति झल्किने विभिन्न जातजाति ,भाषाभाषी, समुदायका पोसाक, सामाग्री र तस्बिरहरु सँगै सुदुरपश्चिम प्रदेश भरिका पर्यटकीय स्थलहरुका फोटोहरु राखिएको र स्ववियु सभापति यम राज जोशीले बताए। साथै आफ्नो समुदायको विशेष संस्कृति झल्किने कुनै सामग्री भए संग्रहालयमा राखेर सहयोग गर्न हुन समेत सभापति जोशीले अनुरोध गरे ।
यस्तै दुरपश्चिम प्रज्ञा प्रतिष्ठानका उप कुलपति डा टिएन जोशीले प्रदेश सरकारले दिएकोे थोरै बजेटले पनि सुदुरपश्चिमका नौं ओटै जिल्लामा भाषिक र सांस्कृतिक विकासका लागी आफु लागी परेको बताए। आफुले गर्न सक्ने सम्पूर्ण सानो देखि ठुलो सहयोगको लागी तयार भएको र आफु प्रज्ञा प्रतिष्ठानमा हुँदा आफुबाट भरपुर फाइदा उठाउन समेत आग्रह गरे ।
स्वतन्त्र विद्यार्थी युनियन कैलाली बहुमुखी क्याम्पसले अहिले क्याम्पसमा यस्ता थुप्रै उत्कृष्ट कार्य गर्दै आएको र यस्तै कार्य गर्दै गएमा आफुु जुनसुकै सहयोग रमेत गर्न तयार रहेको उप कुुलपति डा जोशीले बताए ।