धनगढी- कैलालीको धनगढी क्याम्पस चोकमा पोटली घर सञ्चालनमा आएको छ ।
नास्ता तथा सुदूरपश्चिमको रैथाने परिकारको संरक्षण तथा सम्बर्धन गर्ने हेतुले कैलाली बहुमुखी क्याम्पसमा अध्यनरत बिध्यार्थी सन्तोस राज उपाध्यायले उक्त घर सञ्चालनमा ल्याएका हुन । सुद्ध नास्ताका परिकार साथै स्थानिय परिकारलाई प्राथमिक्ता दिएर पोटली घरलाई अगाढी बढाउने आफ्नो लक्ष्य रहेको उपाध्याले बताए । पछिल्लो समय देश छोडेर बाहिर पस्नेको संख्या बढ्दै गएको अवस्थामा नेपालमा पनि केहि गर्न सकिन्छ भनेर देखाउने समेत आफ्नो सोचाई रहेको उनले बताए ।
पोटली शब्दको अर्थ डोटेली भाषा अनुसार खाजा भएको र आफुले सोही शब्दलाई प्रयोग गरी पोटली घर नाम राखेको उपाध्यायले बताए । पढाइसंगै यस्तो ब्यावसाय सञ्चालन गर्दा खर्चकोपनि जोहो हुने र रोजगारी समेत सृजना हुने उनले बताए ।