कैलाली यू–१६ क्रिकेट – सचिन भट्टको अलराउन्ड प्रदर्शनमा लिटिल फ्लावर स्कुललाई उपाधी

धनगढी। कैलाली जिल्ला क्रिकेट संघको आयोजनामा यही वैशाख ३० गतेदेखि धनगढीको फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन भएको कैलाली यू–१६ जिल्लास्तरिय टी–२० स्कुल क्रिकेट च्याम्पियनसिप–२०८१ अन्तर्गत आज भएको फाइनल खेलमा लिटिल फ्लावर स्कुलले ऐश्वर्य विद्या निकेतनलाई ७० रनले पराजित गर्दै प्रतियोगिताको उपाधी पनि जित्न सफल भएको हो ।

आज भएको फाइनल खेलमा ऐश्वर्य विद्या निकेतनले टस जितेर फिल्डिङ्ग गर्ने निर्णय लिदै लिटिल फ्लावर स्कुललाई पहिला ब्याटिङको निम्तो दिएको हो ।फलस्वरूप लिटिल फ्लावर स्कुलले निर्धारित २० ओभरको खेलमा ९ विकेटको क्षतिमा १३४ रन जोड्न सफ्ल भएको हो । ब्याटिङतर्फ लिटिल फ्लावर स्कुलका लागि सचिन भट्टले ३९ बल खेल्दै सर्वाधिक ५८ अविजित रन बनाउदा आरेस बोहराले ८ बल खेल्दा विक्की सिंहले ९ बल खेल्दै समान १२ रन बनाउन सफल हुँदा अन्य खेलाडीले दोहोरो रन अंक छुन सकेनन् । बलिङतर्फ ऐश्वर्य विद्या निकेतनका लागि अविरल विकले २ ओभरमा ५ रन खर्चंदै सर्वाधिक ३ विकेट लिन सफल हुँदा अशुशेख कुँवरले ४ ओभरमा २६ रन खर्चदा आयुश सिंहले ४ ओभरमा १५ रन खर्चंदै समान २÷२ विकेट लिन सफल भए।

१३५ रनको मध्यम विजयी लक्ष्य पछ्याउँदै ऐश्वर्य विद्या निकेतनले निर्धारित २० ओभरको खेलमा १८.४ ओभर खेल्दै मात्र ५८ रन जोड्न सक्दा खेल ७० रनले गुमाउन पुग्यो। ब्याटिङतर्फ अशुशेख कुँवरले ३१ बल खेल्दै सर्वाधिक १७ रन बनाउदा अविरल विकले पनि १६ बल खेल्दै १२ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन्। बलिङतर्फ लिटिल फ्लावर स्कुलका लागि दिनेशसिंह महरा,सचिन भट्ट र विक्की सिंहले समान २÷२ विकेट लिन सफल हुँदै आफ्नो टोलिलाइ प्रतियोगिताको उपाधी जिताउन पनि सफल भए।

कैलाली यू–१६ अन्तर विद्यालय क्रिकेट च्याम्पियनसिप–२०८१ को फाइनल खेल लिटिल फ्लावर स्कुलले ७० रनले जित्न सफल हुँदै प्रतियोगिताको उपाधी जित्न पनि सफल भयो।उक्त खेलमा अलराउन्ड प्रदर्शन गरेका लिटिल फ्लावर स्कुलका खेलाडी सचिन भट्ट प्लेयर अफ दी फाइनल घोषित हुँदै आकर्षक गिफ्ट प्राप्त गर्न सफल भए।

कैलाली यू–१६ अन्तर विद्यालय क्रिकेट च्याम्पियनसिप–२०८१ को समारोहको अध्यक्षता कैलाली जिल्ला क्रिकेट संघका अध्यक्ष विक्रम बिष्टले गर्नुभएको थियो। कार्यक्रममा प्रमुख अतिथी सुदुरपश्चिम प्रदेश खेलकुद परिषदका सदस्यसचिव दिपकबहादुर सिंह रहनुभएको थियो भने विशिष्ट अतिथीहरुमा सुदुरपश्चिम प्रादेशिक क्रिकेट संघका कोषाध्यक्ष दिनेशबहादुर सिंह,सदस्य बाबुराजा श्रेष्ठ,अर्का सदस्य रमेशबहादुर चन्द,डोटि जिल्ला खेलकुद समितीका अध्यक्ष प्रकाश शाही,लिटिल फ्लावर स्कुलका प्रधानाध्यापक रामचन्द्र शाही रहनुभएको थियो । कार्यक्रममा प्रतियोगितामा प्रायोजन गर्नुहुने सम्पुर्ण संस्थाका प्रतिनिधि तथा कैलाली जिल्लाका कार्यसमिति सदस्यहरु अतिथिको रूपमा रहदै कार्यक्रम भव्य रुपमा समापन गरिएको थियो।

ad_wide