बुधबार, जेष्ठ १, २०८२

कोइका, युएनएफपीए, गुड नेबर्स इन्टरनेशनल नेपाल तथा नेपाल सरकारको साझेदारीमा सेफ गल्र्स परियोजनाको सुभारम्भ 

धनगढी –
कोइकाको आर्थिक तथायुएनएफपीएको प्राबिधिक सहयोगमा र गुड नेबर्स ईन्टरनेशनलनेपालको सहकार्यमा सुदुरपश्चिम प्रदेशमा सेफ गल्र्स परियोजना शुभारम्भ भएको छ। यस परियोजनाका लागि कोइकाले ६६ लाख अमेरिकी डलरको सहयोग उपलब्ध गराउने छ। यस परियोजनाले विद्यालय भित्र र बाहिर रहेका किशोर किशोरी सम्म बृहत यौनिकता शिक्षाको पहुँच पु¥याउन, लैंगिक हिंसा रोकथाम र प्रतिकार्यका लागि स्थानीयतहका सेवाहरूलाई बलियो बनाउन, सामाजिक सञ्जाल निर्माण गर्न र डिजिटल प्रबिधिको प्रयोग गर्दै सुरक्षित वातावरण प्रदान गर्ने छ।
अछाम र बाजुरा जिल्लाको केहि स्थानीयतहहरूमा यस परियोजना आगामी ३ बर्ष सम्म सञ्चालनहुने छ । यस परियोजनाको उद्देश्य लैङ्गिक हिंसा तथा हानिकारक मूल्य मान्यताको मुख्य कारणहरुलाई सम्बोधन गर्न किशोरीहरूलाई ज्ञान, शिप, तथा अवसरहरू प्रदानगरि समाजमा परिवर्तनको नेतृत्व गर्ने रहेको छ । यस परियोजनाको मुख्य जोड लैंगिक हिंसाको रोकथाम र प्रतिकार्यको लागि सरकारी तथा सामाजिक संयन्त्रको सुदृढिकरणका साथै बृहत्तर यौनिकता शिक्षाको बिस्तार रहेको छ ।


कार्यक्रमको शुभारम्भमा सामाजिक विकास मन्त्री, माननीय मेधराज खड्काज्यूले भन्नुभयो –“यस परियोजनाको सुभारम्भ संगै, स्थानियतहको अपनत्वका साथै यस परियोजनाको सफलताका लागि आवश्यक बजेट बिनियोजनका लागि म आव्हानगर्दछु । किशोरीको आवश्यकता र स्थानिय परिवेशको आधारमा एकिकृत योजनाको आवश्याकता रहेको छ।”
“यस परियोजना युएनएफपिएको अर्को एक पहलमात्र हैन, सरकार, बिकास साझेदार तथा समुदायको साझा प्रतिबद्दता पनिहो,” – डा. बसिर नाजिब, युएनएफपिए नेपालका लागि उप प्रतिनिधिले थप प्रकास पार्नु भयो – “कुनै पनि किशोरी आफ्नो लैङ्गिकताको आधारमा पछि नपरुन भन्नका लागि हामि सबैको भूमिका रहेको छ”।
गुड नेबर्स इन्टरनेशनल नेपालका राष्ट्रिय निर्देशक मोहम्मद मैनुद्दीन मैनुलले परियोजनाको दीर्घकालीन दृष्टिकोण र दिगोपनप्रतिको प्रतिबद्धता माथि प्रकाश पारे। “हामीले अल्पकालिक क्रियाकलाप सञचालन गरिरहेका छैनौ,”उहाँले भन्नुभयोे। “हामीदिगो सामाजिक रूपान्तरणको लागिआधार तयार गर्दैछौं – जहाँ महिला र किशोरिहरुलाई सम्मानित र राष्ट्रको विकासमा पूर्ण रूपमा सहभागी हुनका निम्ति सशक्त बनाइन्छ।”

 

 
सामाजिक बिकास मन्त्रालयका सचिव, हेमराज रेग्मीले कार्यक्रमका अध्यक्षता गर्देै सरकारको प्रतिबद्दता दोहर्याउनु भयो– “सुदुरपश्चिमलामो समयदेखि जकडिएको सामाजिक तथा सांस्कृतिक मूल्य र मान्यताका कारण बहु आयामिक गरिबीको समस्या भोगिरहेको छ । यी चुनौतिका बाबजुद सरकारले मानब बिकासका लागि– बिशेष गरि महिला, किशोरी तथा अपांगता भएका ब्यक्तिका लागि लगानिमा जोड दिरहेका छौं। सामाजको दिगो तथा रुपान्तरणकारि परिवर्तका लागि सुदृढ समन्वय र सहाकार्य मुख्य कडि हुने छ ।
भौतिक र प्रबिधिको माध्यमबाट सेफ–गल्र्स परियोजनााले किशोरीहरूको आत्मविश्वास निर्माण गर्ने र उनीहरूको यौन तथा प्रजनन स्वास्थ्य र अधिकारको सम्बन्धमा आफ्नो बारेमा र भविष्यको बारेमा सूसुचित निर्णयहरू गर्ने अवसरहरू सिर्जना गर्नेछ।

ad_wide