बुधबार, जेष्ठ १, २०८२

क्याम्पसको परिक्षा समयमै चलाउन माग गर्दै स्ववियुले दियो घडी र क्यालेन्डर उपहार

धनगढी – कैलाली बहुमुखी क्याम्पसको स्वतन्त्र बिद्यार्थी युनियनले सुदुरपश्चिम बिश्वबिद्धालयको परिक्षा नियन्त्रण कार्यालयलाई क्याम्पसको सेमेस्टर समयमै गर्न माग गर्दै घडी र क्यालेन्डर उपहार दिएको छ ।

कैलाली बहुमुखी क्याम्पसमा नवनिर्वाचित स्ववियुका अध्यक्ष सन्तोष पन्तको नेतृत्वमा गएको टोलीले सुदुरपश्चिम बिश्वबिद्यालयको परिक्षा नियन्त्रण कार्यलयकी परिक्षा नियन्त्रक अनुराधा रोकायालाई घडी र क्यालेन्डर उपहार दिएको हो । बैशाख ८बाट हुने भनिएको प्रथम सेमेस्टरको परिक्षा स्थगित गरेपछि समयमा नचलेको भन्दै स्ववियुले सांकेतिक बिरोध स्वरुपमा सालिन आन्दोलन गरेको अध्यक्ष पन्तले जानकारी दिए ।

क्याम्पसको क्यालेन्डर समय अनुसार नचलेका कारण विद्यार्थीको समय र मेहनतको अवमूल्यन भएको भन्दै बिश्वविद्यालयले क्यालेन्डर बिपरित कार्य गरेको र आम बिद्यार्थीको भबिस्य माथी खेलवाड गरेको बिरोध स्वरुप उनलाई घडी र क्यालेन्डर दिएर बिरोध जनाएका हुन् । बैशाख ७गते अन्तिम समयमा आएर परिक्षा स्थगित गरिएको र परिक्षाको दिन सम्म पनि बिद्यार्थीले प्रवेश पत्र नपाएपछि आन्दोलनमा उत्रिएको स्ववियु सचिव ओमप्रकाश वस्तीले जानकारी दिएका छन् ।

अस्तव्यबस्त परिक्षाको समय तालिका भएपछि समग्र बिश्वविद्यालय बदनाम हुने कार्य भएको भन्दै कैलाली बहुमुखी क्याम्पसका स्ववियका नवनिर्वाचित कार्यसमितिका अध्यक्ष सन्तोष पन्त, उपाध्यक्ष कमलकुमार ऐडी, सचिव ओमप्रकाश वस्ती, सह–सचीव कुबेरराज जैसी र सदस्य आकाश भट्ट सहितको टोली कञ्चनपुरको परिक्षा नियन्त्रण कार्यालय पुगेको थियो । पुन यस्तै गतिविधि दोहर्याए थप ससक्त आवाज उठाउने स्ववियुले चेतावनी समेत दिएको छ ।

पछिल्लो समय सुदूरपश्चिम बिश्वबिद्यालयमा क्यालेन्डरको पालन नहुनु र लापरबाहिले बिश्वबिद्यालय प्रति आम बिद्यार्थीको बिश्वसनियता घट्ने गरेको सन्दर्भको बिरोध गर्न पहिलो चरणमा शान्तिपुर्ण र व्याङ्या स्वरुप सांकेतिक बिरोध गर्न परिक्षा नियन्त्रण कार्यालयमै पुगेर बिरोध जनाएको स्ववियु कैलाली बहुमुखी क्याम्पसका अध्यक्ष सन्तोष पन्तले बताएका छन् । बैशाख ८ गतेबाट हुने भनिएको प्रथम सेमेस्टरको परिक्षा परिक्षाको दिन सम्म पनि प्रवेश पत्र नआउदा प्राविधिक कारण देखाउदै बैशाख ७ गते परिक्षा स्थगित गरिएको थियो ।

ad_wide