धनगढी- धनगढी स्थित क्लब चौलानीले आयोजना गरेको पौडी प्रतियोगिताको उपाधी नन्दिनाज एकेडेमीले हात पारेको छ ।
उक्त प्रतियोगितामा नन्दिनाज प्रथम भएको छ भने दोस्रो वाल्मीकि इन्टरनेशनल एवं तेस्रोमा एक्सिस स्कुलले चित्त बुझाएको छ । प्रतियोगितामा १२ बिध्यालयका ९० जना प्रतियोगी सहभागी भएका हुन । यसका साथै प्रतियोगिताबाट जिल्ला स्तरिय तथा राष्ट्रिय एवं अन्तराष्ट्रिय खेलमा पनि पौडीबाजको सहभागीता बढाउने उदेश्य लिएको छ। सो अन्तर विद्यालय प्रतियोगिताको अध्यक्षता क्लब चौलानीका सञ्चालक तिलक सिहं साउदले गरेका थिए।जसमा धनगढीका विभिन्न १२ वटा विद्यालयका करिव ९० छात्रछात्राको सहभागीता थिए।
धनगढीस्थित सुरुवात नयाँ सोचको नारा लिएको क्लब चौलानीले २ दिवसीय पौडी प्रतियोगिता सम्पन्न गरेको हो । शनिबार शुरु भै आइतबार सम्पन्न २ दिवसीय पौडी प्रतियोगिता प्रथम पटक आयोजना गरिएको आयोजना क्ल्ब चौलानिको दाबी छ। सो प्रतियोगिता सुदूरपश्चिमकै पहिलो रहेको दाबी गरिएको छ। सुदूरपश्चिमका विद्यार्थीहरुको मनोवल बढाउने उद्देश्यले सो प्रतियोगिता गरिएको हो।यसका साथै प्रतियोगिताबाट जिल्ला स्तरिय तथा राष्ट्रिय एवं अन्तराष्ट्रिय खेलमा पनि पौडीबाजको सहभागीता बढाउने उदेश्य लिएको छ।
प्रतियोगितामा ४ उमेर समूहका विद्यार्थी सामेल थिए। प्रतियोगिताको प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश खेलकुद परिषदका सदस्य सचीव दिपक बहादुर सिंहले यश प्रतियोगिताले सुदुरपश्चिमको खेलकुदमा महत्वपुर्ण योगदान पुर्याएको बताए । समापन समारोहको अतिथिमा विभिन्न विद्यालयका प्रमुख तथा प्रतिनिधि लगायत खेलकुदका जानकारहरु सहभागी थिए।त्यस्तै नन्दिनाजका विद्यार्थीले ९ वटा गोल्ड, ५ वटा सिल्भर र ९ वटा ब्राउन्सज मेडल हात पारेका थिए। त्यस्तै बाल्मिकीका विद्यार्थीले ९ वटा गोल्ड, ३ वटा सिल्भर र ३ वटा ब्राउन्ज मेडल हात पारे।त्यस्तै प्रतियोगितामा कैलाली मोडेलले १ वटा, ग्ली एकेडेमीले ३ मेडल, ग्यालेक्सीले १ वटा मेडल, पन्चोदयले ४ वटा, त्रिनगरले १ वटा र सीसीएसले २ मेडल हात पारेका थिए।
प्रतियोगितापछि चौलानी प्रथम भएका विद्यार्थीलाई प्रमाणपत्र तथा मेडल प्रदान गर्दै एक महिनाको १२ हजारसम्मको टिकेट बराबरको स्वीमिङ फ्री गराएको छ भने दोस्रो हुनेलाई मेडल, प्रमाणपत्र तथा ८ हजारसम्मको टिकट बराबरको स्वीमिङ फ्री गराएको छ। त्यस्तै तेस्रो स्थानवालालाई ८ हजार बराबरको टिकेट फ्रीसम्मको स्किम दिलाएको छ।त्यस्तै प्रथम हुने स्कुललाई नगद ५ हजार ५ सयसहित ट्रफि, दोस्रोलाई ३ हजार ५ सयसहित ट्रफी र तेस्रोलाई २ हजार ५ सय नगदसहित ट्रफी प्रदान गरिएको थियो।