धनगढी । विश्ववैंकको आर्थिक सहयोगमा नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय, ग्रामिण उद्यम तथा आर्थिक विकास आयोजना (REED) को उपआयोजना स्टार्टअप अनुदान कार्यक्रम अन्तर्गत खरिद कर्ता र उत्पादक संस्था विचको उत्पादनमुलक साझेदारीको अवधारणा अनुरुप धनगढी कैलालीका उत्पादक संस्था (कृषि सहकारी, कृषक समुह, महिला कृषक समुह) र खरिद कर्ता विच एक दिने अन्र्तक्रिया गोष्ठी धनगढीमा सम्पन्न भएको छ ।
अन्र्तक्रियामा कृषि तथा पशुपन्छी विकास मन्त्रालय, ग्रामिण उद्यम तथा आर्थिक विकास आयोजना (REED) डडेल्धुराका आयोजना प्रमुख वरिष्ठ कृषि अधिकृत डा. उत्तम आचार्यले उत्पादक कृषकहरुका समस्यालाई मध्यनजर गर्दै खरिद कर्ता संग समन्वय छलफल गराएका हुन । छलफलमा भगवती महिला कृषक समुहका कृषकहरुले आफुले उत्पादन गरेका उत्पादनहरुको खरिद कर्ता वाट उचित मुल्य नपाउदा कृषकहरु मर्कामा परेको बताए । छलफलका क्रममा कृषि विकास सहकारी संस्थाका अध्यक्षले पनि कृषकहरुले उत्पादन गरेको वस्तुमा खरिद कर्ता र कृषक दुवैलाई मर्का नपर्ने गरि तोकिएको मापदण्ड अनुरुपको उचित मुल्य निर्धारण गर्नु पर्ने जसले गर्दा कृषकलाई सहज हुने बताए ।
छलफलमा खरिदकर्ताका तर्फ वाट मुक्तिनाथ कृषि कम्पनीका हिक्मत उपाध्याय ले कृषकहरुलाई उत्पादनका कार्यक्रममा आफुहरुले उत्पादनलाई चाहिने हरेक कुराहरुमा कृषकलाई सक्दो सहयोग गर्ने तथा उत्पादन वस्तुको उचित बजार मुल्य दिएर खरिद गर्ने प्रतिवदता जनाए ।
अन्तरक्रियामा खरिद कर्ता र समुह सहकारीको प्रतिनिधिहरु सवैले आ आफ्नो विचार राखेका थिए । गोष्ठीमा उत्पादक संस्थाहरुमा कृषि विकास सहकारी संस्था लि. धनगढी ९, राना उत्थान महिला कृषक समुह धनगढी ६, मटीयारी, भगवती महिला कृषक समुह, धनगढी ३ वोराडाडी, मनकामना कृषक समुह गोदावरी ९, गोदावरी कृषि सहकारी गोदावरी १२, दाईजो कृषि सहकारी धनगढी ७, उदयदेव वहुउद्देश्यीय सहकारी धनगढी ३, र खरिद कर्ताहरुमा मुक्तिनाथ कृषि कम्पनी लगायत दुध डेरी तथा तरकारी फलफुल पसल आदिको सहभागिता रहेको थियो । उत्पादन यस उत्पादन मुलक साझेदारी कार्यक्रममा तरकारी खेती, वाख्रा पालन, भैसीपालन, वंगुरखेती आदि कार्यक्रमहरु संचालित छन ।
नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय, ग्रामिण उद्यम तथा आर्थिक विकास आयोजना ९च्भ्भ्म्० को उपआयोजना स्टार्टअप अनुदान कार्यक्रम सुदुरपश्चिम प्रदेश आर्थिक कोरिडोर कार्यालय डडेल्धुरा अन्तर्गत कैलाली, डोटी, डडेल्धुरा, वैतडी र दार्चुला गरी पाँच जिल्लामा संचालित संचालन भईरहेको छ । यो कार्यक्रम कैलाली जिल्लाको हकमा चुरे, गोदावरी र धनगढीमा संचालित छ।