खर्चको अभावमा अस्पतालले घर फर्काइदिएपछि धनगढी कैलालीका राम नेपालीको परिवार बिचल्लीमा सहयोगका लागी अपिल

धनगढी ।  उनी हुन् धनगढी उपमहानगरपालिका वडा नम्बर १२ मा बस्दै आएका मूर्तिकार राम नेपाली उनी आजभन्दा केही समय अगाडि मूर्तिकारको रूपमा चर्चित रहेका थिए। तर अहिले उनी बिरामी परेका छन् अहिले उनको कलेजो पूर्णरूपमा ड्यामेज भएको अस्पतालले घोषणा गरेको छ उनको घरको आर्थिक अवस्था नाजुक रहेको छ ।

दिउँसोभरि मूर्ति कुँदेर जसो तसो परिवार चलाइरहेका थिए। परिवारको बिहान बेलुकाको छाक टारीरहेका थिए। तर अहिले कलेजोमा समस्या देखिएपछि उनको परिवार बिचल्लीमा परेको छ ।

घरमा सानासाना तीन छोरी रहेका छन्। राम नेपाली उनको घरको एक मात्र बिहान बेलुका खान जुटाउने माध्यम बनेका थिए । सानैमा डोटीदेखि कैलाली आएको उनको परिवार दिनभरि काम गरेर बेलुका हातमुख जोड्न जसो तसो भएपनि सकिरहेकै थियो। तर यस्तो विपत्ति आइसकेपछि अहिले भने पुरै घर शोकमा डुबेको छ। बिहान बेलुका हातमुख जोड्न नै धौधौ भइरहेको अवस्थामा राम बिरामी भएपछि विभिन्न अस्पतालहरूमा उपचार गराउँदा गराउँदा अहिले उनको परिवार   गाडीभाडा समेत तिर्न सक्ने अवस्थामा छैन । ४० वर्षका राम विगत ६ महिनादेखि थला परेका छन्। अहिले उनलाई भारतको लखनौको अस्पतालले खर्चको अभाव देखाउँदै अस्पतालबाट घर फर्काइदिएको छ।

घरको एक्लो कमाउने खम्बा नै नभएपछि उनको घरमा बिचल्ली परेको हो। घरमा बिहान बेलुकाको खानाको माध्यम जुटाउने बुवा मात्रै हुनुहुन्थ्यो। दिनभरि काम गर्नुहुन्थ्यो हामीलाई खाना खुवाउनुहुन्थ्यो र विद्यालय पढाउनुहुन्थ्यो। अहिले बुवा नै बिरामी भएपछि आफूहरू कहाँ जाउँ र के गरौं भएको कक्षा आठमा पढ्दै गरेकी उनकी छोरी आकृति नेपालीले बताइन्

घरमा दाई हुनुहुन्थ्यो र घरको स्याहार सुसार गर्नुहुन्थ्यो। न त बुवाआमा हुनुहुन्छ। न त घरमा कमाउने कोही अरु दाइभाइ नै अहिले दाइको यस्तो हालत छ आफू पनि सहयोग गर्न सक्ने अवस्थामा छैन। सबैसँग सहयोगको आशा अपेक्षा राखेको र दाइको उपचार गर्न नसकेमा छोराछोरीको बिचल्ली हुँदा र परिवारको एक्लो आस रहेको आफ्नो दाईको यस्तो अवस्था हुँदा परिवार नै बिचल्लीमा परेको उनकी बहिनी वसन्ती नेपालीले बताउँछिन् । दाइको उपचार गर्नमा सबैले सहयोग गर्दिन समेत उनकी बहिनी हारगुहार गरिरहेकी छन्।

उनलाई सहयोग गर्न उनको बैंक खाता नम्बर प्रभु बैंक खाता नं. २८१०२५४७३८८०००११ र सम्पर्क गर्न उनको सम्पर्क नम्बर ९८०८८२२१७५ मा समेत सहयोग गरिदिनुहुन उनकी बहिनी वसन्तीले अनुरोध गरेकी छन् ।

ad_wide