धनगढी। खर्चको अभावमा बैतडीको मेलौली नगरपालिका ५ घर भई हाल कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका वार्ड नं २ बस्ने सुरज पुजारा अस्पतालको बेडमा मृत्युसँग लडिरहेका छन्।
सानैदेखि मानसिक अवस्था कमजोर रहेका र घरको पनि आर्थिक अवस्था नाजुक रहेका कारणले उनले उपचार गर्न पाएका छैनन्। घरमा कमाउने भाइ थियो तर केही महिना अगाडि भाइको पनि पानीमा डुबेर मृत्यु भएपछि हाल उनको घरमा उपचार गर्न धौधौ परिरहेको छ। बैतडीबाट उनको परिवार हाल दोधरा चाँदनी नगरपालिकामा आएर अर्काको घरमा काम गरेर अर्काको खेत हेरिदिएर अर्काकै घरमा बसिरहेका छन् ।
बिहान बेलुका हातमुख जोड्ननै धौधौ भइरहेको अवस्थामा सुरज बिरामी भएपछि गाडीभाडा समेत तिर्न सक्ने अवस्थामा उनको परिवार छैन । ३० वर्षका सुरज विगत ६ महिनादेखि थला परेका छन्। उनी न त सुतेको ठाउँबाट उठ्न सक्छन् न त राम्रोसँग खाना नै खान सक्छन्। पेट सुनिएको छ खुट्टा सुन्निएको छ बोल्न समेत उनलाई गाह्रो परिरहेको छ ।
अहिले उनको धनगढीमा रहेको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। उनकै आफन्त तथा दोधारा चाँदनी नगरपालिका वडा नम्बर दुईकी वार्ड सदस्य मनकला खनाल पूजाराले उनलाई अस्पतालसम्म पुर्याइदिएकी छन्।
परिवारको आर्थिक अवस्था स्पताल पु¥याउन सम्मको गाडीभाडा समेत नभएको र अर्काको घरमा बसेर काम गरिरहेको हुनाले समस्या भएको हुनाले आफूले अलिकति प्रयास गरेर उनलाई अस्पतालसम्म ल्याएको मनकला खनाल पुजाराले बताइन् ।
घरमा कमाउने कोही नहुँदा र पहिले सुरजको भाइले कमाइरहेको भएपनि केही महिना अगाडि उसको मृत्यु भएपछि उनले उपचार नपाएको मनकला बताउँछिन्। आफूले सामाजिक सञ्जालको माध्यम तथा विभिन्न चिनजान भएका व्यक्तित्व तथा नगरपालिका र वडासँग हारगुहार गरेर सानोसानो सहयोग बटुलीरहेको र अझ निरन्तर रुपमा लागिरहेको र छिट्टै सुरजलाई निको भएको हेर्ने आफ्नो रहर रहेको मनकला खनाल पुजाराले बताइन् ।
साथै उनले सम्पूर्ण सहयोगी मनहरूलाई सहयोग गरिदिन हुन पनि अनुरोध गरेकी छन्। सुरज पुजारालाई सहयोग गर्न बैकको मनकला खनाल पुुजाराको खाता न. १४०१००३४८०२०२००१ मा गर्न सकिने र फोन न.९८६१०४९८०४ मा समेत फोन गरेर थप बुुझ्न मनकला खनाल पुजाराले अनुरोध गरेकि छन् ।