हामी बलवान् छौ हामिसङ्ग सबैथोक छ । मानव जातिको विकास यसरी भएको छ संसारमा भएका हरेक मानव आफ्नो निम्ति आवश्यक पर्ने हरेक श्रोत जुटाउन सक्षम छ हाम्रो विभिन्न अङ्गहरु छन जसकारण हामी आफुलाई आवश्यक पर्ने आवश्यकताहरु पुर्ती गर्नका निमित्त प्रयोग गर्ने गर्छौ तैपनी हामी खुशी भने कदापि रहदैनौ ।
आखिर खुशीको अर्थ के हो ? हामी कसरी खुशी हुन सक्छौ ? हामिलाई के कुराको प्राप्तिपछि खुशी लाग्छ ? अनेक प्रश्नहरु छन तर यसको जवाफ हामिले आफैभित्र खोज्नुपर्छ ।
धेरै सम्पत्ति, असल जिवनसाथी, सुखी घरपरिवार, राम्रो लगाउन खान पाए यी यावत कुराहरुलाई मनन गर्ने हो भने यसभित्र पनि खुशीको अर्थ भेटिदैन यो एकप्रकारको आधार मात्रै हो ।
धेरै सम्पती भए हामीलाई चोर र शत्रुको डर हुन्छ हामी दिनरात सुत्दैनौ यसको व्यवस्थापन कसरी गर्ने भन्ने कुराको चिन्ता हुन्छ यस्ता अनेकौ समस्यामा हामी गुज्रिरहेका हुन्छौ जसको फलस्वरुप हामी यसको अभावको एउटा पिडाभन्दा हजारौ पिडामा बाचिरहन्छौ ।
धेरै धन आर्जन गर्ने एउटा खुशीले हामीहरु अनेकौं समस्याले ग्रसित हुँदा साच्चिकै हामी खुशी भन्दा समस्यामा बाच्न चाहने रहेछौ भन्ने कुराको ध्यान नदिएको हो ।
अन्य यस्तै भौतिक प्राप्तिका कुराहरुले हामी कहिल्यै खुशी लिन सक्दैनौ प्राप्तिपछिको पाटोलाई हेर्ने हो भने झनै अनेकौ समस्याका बाबजुत हामी बाचिरहेका हुन्छौ ।
अनेकौ समस्याले ग्रसित भएर पनि हामी खुशीको अर्थ जहाँ भेट्छौ वास्तवमा भन्ने हो भने त्यही नै खुशी फल्ने ठाउँ हो ।
खुशी त्यहा भेटिन्छ जहाँ हामी सकरात्मक कुराहरुलाई आत्मसात गर्दै आफ्नो मन नियन्त्रण गर्न सक्छौ त्यहा खुशीको अर्थ पाउदछौ, भौतिक प्राप्तिको ठुलो अर्थ रहदैन यो केवल एउटा जीवन धान्ने आधारको रुपमा मात्र काम गर्ने गर्दछ ।
✍️ जयन्त भाट बैतडी