गङ्गा दशहराका अवसरमा बेहडाबाबा मन्दिरमा पूजाआजा गर्नेको घुुइँचो, यस्तो छ किम्बदन्ती

शान्ती प्रसाद जोशी धनगढी - कैलालीको धनगढी उपमहानगरपालिका –१६ रामपुर गाउँमा अवस्थित प्रसिद्ध बेहडाबाबा मन्दिरमा पूजाआजा गर्ने दर्शनार्थीको आज बिहानैदेखि घुइँचो लागेको छ ।

जेष्ठ शुक्ल दशमीका दिन देखी गङ्गा दशहराका अवसरमा पूजाआजा गर्ने दर्शनार्थीको आज भिडभाड लागेको हो । यस अवसरमा बेहडाबाबा मन्दिर परिसरमा गंगा दशहरा मेला पनि लागेको छ । मन्दिरमा पूजाआजा गर्ने र मेला भर्नेको घुइँचो रहेको छ ।

मेलामा नेपालीसहित भारतीय दर्शनार्थी भक्तजन पूजाआजाका लागि आउनेक्रम जारी छ । प्रसिद्ध यस मन्दिरको दर्शन र पूजाआजाका लागि नेपाल, भारत दुवै देशका श्रद्धालुहरु आउने गरेका छन् । बेहडाबाबामा गङ्गा दशहरा, चैत अमावस, माघी, शिवरात्री र नयाँ सालमा भक्तजनको भिड हुने गर्दछ । यसैगरी, साउन महिनाको सबै सोमबार भक्तजन हरुको घुुइचो लाग्ने गरेको पाइन्छ ।

यस्तो छ बेहडाबाबा मन्दिरको किम्बदन्ती

भारतको उत्तर प्रदेशस्थित गोला स्थानका ग्वालाले बेहडाबाबाको पत्ता लगाएको विश्वास गरिन्छ । राणाकालीन समयमा कैलालीको डमौलिया र धुरजन्ना क्षेत्रमा गोलाका ग्वाला गाईगोरु चराउन आएका थिए । तीमध्ये एक ग्वालाको गाईले बच्चा जन्माए पनि घरमा दुध दिने गरेको थिएन । गाईले दुध नदिने गरेको रहस्य खोज्दै जाँदा गाईले हालको बेहडाबाबामा रहेको शिवलिङ्गमा आफ्नो दुध खसाउने गरेको तथ्य भेटियो । पछि ग्वालाले फुटाएर शिलालाई भारत लग्न खोज्दा सकेनन् । लिङ्गबाट रगत आएको देखिएपछि त्यहिँ छाडेर पूजापाठ सुरु गरेको मन्दिर किम्बदन्ती रहेको छ ।

किम्बदन्ती अनुसार ग्वालाहरुको गाईको बथानलाई त्यतिबेला ‘बेहडा’ भन्ने गर्दथे । यसै नामबाट पछि मन्दिरको नाम बेहडाबाबा रहन गएको हो । भारतका ग्वालाले बेहडाबाबा पत्ता लगाएका कारण यसप्रति भारत बासीको पनीे धेरै श्रद्धा रहेको र बर्सेनी पूजाअर्चना गर्न आउने गरेको पाइन्छ । बेहेडाबाबा तराइमा भग्वान सिबको बासस्थानको रुपमा रहेको र अहिले पहाडबाट आएका तराई वासी हरुको लागी समेत बेहेडाबाबा प्रमुख धार्मिक स्थल बनिसकेको धनगढी बाट मेला हेर्न आएका दर्शनार्थी महेन्द्र राज पन्तले बताए । पहिलेको बर्ष भन्दा योबर्ष मेला ब्यावस्थापन समेत उत्कृष्ट रहेकोे उनले बताए ।

बेहेडाबाबा सुुदूूरपश्चिमकै एक शक्तिशाली हिन्दूू धर्मालम्बीको प्रमुख धार्मिक स्थल रहेको र यस्को किम्बदन्ती लामो रहेको धनगढी बाट मेला हेर्न आएका मुुक्तिप्रसाद सुुबेदीले बताए । स्वच्छ मनले पुजा गर्न आउने प्रत्येक दर्शनार्थिको मनोकामना पुरा हुने समेत उनले बताए ।

बेहेडाबाबाको इतिहास आज सम्म कसैले पत्ता लागाउन नसकेको र अहिले यो धार्मिक स्थल नेपालको मात्रै नभई भारतमा समेत उत्तिकै चासो र आस्थाको हिसाबले हेरिने गरेको हुनाले यो स्थल प्रति सरकारको ध्यान जानुु पर्ने जरुरी रहेको बेहडाबाबा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पदमराज जोशीले बताए । बिगतको बर्ष भन्दा अहिले ब्यावस्थापन समेत सुुधार गरेको समेत अध्यक्ष जोशीले बताए ।

बेहडाबाबालाई धनगढी उपमहानगरपालिकाले धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्दैआएको छ । यसमा भौतिक संरचना थपिने क्रम जारी रहेको छ । जलाशयमा स्थान गरी चोखो मनले बेहडाबाबाको दर्शन गरेमा सबै मनोकामना पूरा हुने विश्वास भक्तजनको रहँदैआएको छ । गङ्गा दशहरामा बेहडाबाबा मन्दिर परिसरमा पाँच दिन मेला लाग्नेगर्छ ।

ad_wide