धनगढी– चुरे गाउँपालिका वडा नम्बर ४ स्थित गर्भा आधारभुत स्वास्थ्य सेवा केन्द्रको भवन हस्तान्तरण तथा उद्घाटन समारोह बुधवार भएको छ । चुरे गाउँपालिका वडा नम्बर ४ को आयोजनामा एक समारोहकाबिच गाउँपालिकालाई भवन हष्तान्त्रण गरिएको हो ।
परराष्ट्र मन्त्रालय जापान र आम्दा माइन्ड्सको आर्थिक तथा प्राविधिक सहयोग एवं चुरे गाउँपालिकाको समन्वयमा फाया नेपाल द्वारा सञ्चालित मातृ तथा बाल स्वास्थ्य व्यवहार प्रवद्र्धन परियोजना अन्तर्गत गर्भा स्वास्थ्य केन्द्रको भवन निर्माण भएको थियो ।
उक्त स्वास्थ्य भवन निर्माणमा एक करोड एघार लाख लागत रहेको जनाईएको छ । भवन हष्तान्त्रण समारोहको समुदघाटन गर्दै चुरे गाउँपालिकाका अध्यक्ष चक्र बहादुर बोगटीले जग्गा दाता खड्क सिंह रजवारले स्वास्थ्य चौकी निर्माणका लागि जग्गा दिएकोमा धन्यवाद दिँदै –‘निर्माण भएको स्वास्थ्य चौकीबाट दुर्गम क्षेत्रका महिला तथा बालबालिकालाई सेवा लिनमा सहजता हुने अपेक्षा लिएको छु ।’
उनले स्वास्थ्य भवन समयमा हस्तान्त्रण गरेकोमा फाया नेपाल लगायत सहकार्य गरेका विभिन्न दातृ निकायलाई धन्यवाद दिए । उनले फाया नेपाल र आम्दामाईण्डसलाई विकट ठाउँमा आएर प्रत्येक्ष जनतालाई सहज सेवा प्रवाहमा सहयोग गर्दा गाउँपालिकालाई स्वास्थ्य सेवा प्रवाह गराउनमा सहजता हुने बताए ।
चुरे गाउँपालिकाका उपाध्यक्ष धना देवी थापाले स्वास्थ्य भवन बने पछि यस ठाउँका महिलाले बच्चा जन्माउने बेला मर्नु पर्ने बाध्यताको अन्त्य हुने विश्वास व्यक्त गरिन । उनले यहाँ पुग्न सडक प्रमुख समस्या रहेकोले ‘यहाँको भौगालिक विकटले यहाँका जनताले सास्ती खेप्नु परेको सवैलाई थाहा छ तर पनि स्वास्थ्य भवनले अकालमा ज्यान गुमाउनु पर्ने वाध्यताको अन्त्य गर्ने छ भन्ने विश्वास लिएको छु’ उनले भनिन । उनले भवनवाट वढी भन्दा वढी सेवा लिन वडाबासीलाई अनुरोध गरिन् ।
आम्दामाईण्डसका कार्यक्रम संयोजक प्रदिप राज पन्तले गाउँपालिका संग सम्झौता गरेर स्वास्थ्य भवन निर्माण गरेको बताए । उनले भने –‘स्वास्थ्यको भवन बनेको छ । समुदायमा सचेतना वढाउन जरुरी रहेको छ । समुदायलाई जागरुप बनाएर बढी भन्दा बढी सेवा दिनुपर्ने देखिन्छ ।’
उनले स्वास्थ्यकर्मीलाई विकट ठाउँमा आएर जनताको सेवामा काम गरि रहेको हुदा उनको योग्दानको कदर गरे ।
फाया नेपालका कार्यकारी निर्देशक शेर बहादुर बस्नेतले स्वास्थ्य भवनमा संरचना, सचेतना र सेवा तिनवटा कुरा संगै गयो भने मात्रै यस स्वस्थ्य भवनले सार्थकता पाउने बताए । ‘हामीले ३० वर्ष देखि कैलाली र विभिन्न ठाउँमा कार्यक्रमहरु ल्याएर कामहरु गरेका छौ तर यस्ता सामाजिक कामले मन आनन्द हुने गरेको छ’ उनले भने ‘अन्दामाईन्डका कन्ट्री डाईरेक्टर, फाया नेपालका एजुकेटिभ डाईरेक्टर हामीले कुनै पनि विभेद नगरी ग्रउन्ड लेभल वाट काम गर्ने गरेको छ । हामी नेपाली नागरिक हौ । नागरिकले गर्ने कर्तव्य निर्वाह गर्न जरुरी छ ।’ उनले स्वास्थ्य भवनबाट वढी भन्दा वढी सेवा लिन हुन अनुरोध गरे ।
फाया नेपालका कार्यक्रम निर्देशक लाल बहादुर महराले टेन्डर प्रक्रियाबाट स्वास्थ्य भवन निर्माण गरिएको र निर्माण कम्पनि संगको सम्झौता बमोजिम वढी लागत लग्ने भएकाले एक करोड एघार लाखमा स्वास्थ्य भवन निर्माण गरिएको बताए । उनले स्वास्थ्य भवनमा दातृ निकायले रकम उपलव्ध गराए बमोजिम अवश्यक उपकरण उपलव्ध गराएको बताए । स्वास्थ्य संग सम्वन्धित समाग्री र फर्निचर लगाएको सामाग्रीमा पाँचलाख तिर्सठी हजार लागत थप लागेको उनले जानकारी दिए ।
कार्यक्रममा आन्दामाईन्डस्का कार्यक्रम संयोजक प्रदिप राज पन्त, फाया नेपालका कार्यकारी निर्देशक शेर बहादुर बस्नेतले गाउँपालिकाका अध्यक्ष चक्र बहादुर बोगटी, उपाध्यक्ष धना देवि थापालाई प्रमाण पत्र र स्वास्थ्य चौकीको चावी हस्तान्तर गरेका थिए