धनगढी– स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले गेटा अस्पतालका प्रमुखबाट डाक्टर विप्लव सापकोटालाई हटाएका छन् ।
मन्त्री पौडेलले शुक्रबार निर्णय गर्दै सेती प्रादेशिक अस्पतालमा कार्यरत डाक्टर अशोक श्रीपाइलीलाई गेटाको प्रमुखको जिम्मेवारी दिँदै डाक्टर सापकोटालाई प्रमुखबाट हटाएको जनाइएको छ ।
यद्यपि सापकोटालाई गेटामै राखिएको छ।
उनी गेटामा स्वास्थ्य सामाग्री तथा उपकरण खरिदमा ७० करोडको विवादमा परेका थिए ।