बिहिबार, जेष्ठ ८, २०८२

गोदावरीका प्रमुख प्रशासकिय अधिकृत हरिदत्त भट्टको सरुवा

धनगढी, ७ चैत /  कैलालीको गोदावरी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिदत्त भट्टको सरुवा भएको छ । भट्टको कञ्चनपुरको बेदकोट नगरपालिकामा काज सरुवा भएको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधबार सूचना प्रकाशित गर्दै भट्टलाई बेदकोट नगरपालिकामा कामकाजमा खटाईएको जनाएको छ । २०८० असोज ८ गते हाजिरी भएका भट्ट करिब १८ महिना गोदावरीमा कार्यरत रहेका थिए । भट्टको सरुवा भएसँगै नगरपालिका प्रमुख प्रशासकिय अधिकृत विहिन बनेको छ । मन्त्रालयले भट्टको ठाउँमा अन्य कर्मचारी तोकेर पठाएको छैन ।

यस्तै नगरपालिकामा कार्यरत लेखापाल दिल बहादुर सिँहको स्थानमा प्रकाश भट्ट आउने भएका छन । कोष तथा लेखा नियन्त्रण कार्यालयमा कार्यरत भट्ट लेखापालको रुपमा गोदावरीमा आउन लागेको नगरपालिकाका सूचना अधिकारी शिवराज भाटले जानकारी दिए ।

यसअघिका लेखापाल सिँहको यही माघ १३ गते सरुवा भएको थियो । सो समयदेखी नगरपालिकाको आर्थिक कार्य रोकिएको थियो । भट्ट आएसँगै आर्थिक कार्यमा सहजता हुने विश्वास लिईएको छ ।

ad_wide