बुधबार, जेष्ठ १, २०८२

गोदावरीमा जथाभावी नदिजन्य पदार्थ उत्खन्न गरिरहेका सवारीसाधन नियन्त्रणमा

symbolic photo
धनगढी– कैलालीको गोदावरीबाट नदिजन्य पदार्थ अवैध रुपमा उत्खन्न गरिरहेका सवारीसाधन कैलाली जिल्ला प्रशासनको टोलीले नियन्त्रणमा लिएको छ ।
आइतबार छड्के अनुगमन गर्दै कैलाली प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालको टोलीले टिप्पर र स्काभेटर नियन्त्रणमा लिएको हो ।

गोदावरी नगरपालिका वडा नम्बर ४ खैरालामा अवैध उत्खन्न गरिरहेका दुई टिप्पर र एक स्काभेटर नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय मालाखेतिले जनाएको छ । प्रहरी नायव उपरिक्षक गंगाबहादुर थापाले जथाभावी नदिजन्य पदार्थ उत्खन्न गरिरहेको पाइएपछि सवारीसाधन नियन्त्रणमा लिएको बताए । उनले भने –‘विभिन्न चार व्यवसायीले ठेक्का लिएका रहेछन । अहिले सवारीसाधन यहि राखेको छु । सोमबार गोदावरी नगरपालिकाको जिम्मा लगाईने छ ।’

कैलाली प्रमुख जिल्ला अधिकारी हमालले छड्के अनुगमनका क्रममा वातावरणीय प्रभाव मूल्यांकन नभएको क्षेत्रमा नदिजन्य पदार्थ उत्खन्न भएको पाइएकोले नियन्त्रणमा लिएको बताए । उनले भने –‘जथाभावी नदिजन्य पदार्थ उत्खन्न गराइरहेका ति सवारीसाधनबाट जरिवाना गरिनेछ ।’

ad_wide