गोदावरी- गोदावरीमा प्राथमिक स्कूल स्तरिय एकल नृत्य प्रतियोगीता २०८१ हुने भएको छ। वन वए डान्स च्याम्पले प्रतियोगिताको आयोजना गर्ने भएको हो। आज एक पत्रकार सम्मेलन मार्फत प्रतियोगिताको आयोजना गरिने आयोजकले जनाएको छ।
प्रतियोगिताको प्रथम पुरस्कार २० हजार १५१, द्धितिय पुरस्कार, १० हजार १५१ र तृतिय पुरस्कार ५ हजार १५१ रहेको आयोजक संस्था वन वए डान्स च्याम्पले जनाएको छ।
डान्स कम्पीटीसनमा भाग लिन कक्षा १ देखी कक्षा ५ सम्मका विद्यार्थी हुनुपर्ने, नेपाली गीतमा मात्र नृत्य गर्ने पाईने, नेपाली गीतमा पनि आइटम गीतहरुमा नृत्य गर्न पाईने छैन।, गीत करीव २ मिनेट ३० सेकेण्ड भन्दा बढिहुनु पर्ने, आफुलाई चाहीने सामाग्रीहरु सबै आफैले उपलब्ध गर्नुपर्ने आयोजकले जनाएको छ।