गोलाघाट क्षेत्रमा पुरुषको शव फेला : त्रिशूलीमा बेपत्ता भएकाे बसमा सवार यात्रु भएको आशंका

भरतपुर- भरतपुर महानगरपालिकाको वडा नं २८ गोलाघाट क्षेत्रमा एकजना पुरुषको शव फेला परेको छ । चितवनका प्रमुख जिल्ला अधिकारी (सिडिओ) इन्द्रदेव यादवले उक्त शव भारतीय नागरिकको भएको बताए ।

भारतीय आधार कार्ड र ग्लोबल आइएमई बैंकको एटीएम कार्डका आधारमा उनी भारतीय नागरिक ऋृषि पाल साह भएको सिडिओ यादवले बताए ।

नारायणी नदीको बाढीले पुरिएको अवस्थामा फेला परेका उनी सिमलतालस्थित नारायणगढ–मुग्लिन सडकमा दुर्घटनामा परेको बसको यात्रु भएको अनुमान समेत गरिएको छ। प्रमुख जिल्ला अधिकारी यादवका अनुसार अहिले मुचुल्का बनाएर शव उठाउने प्रकृया सुरु भएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
WhatsApp Image 2024-10-09 at 9.45.27 AM