धनगढी – नेपाल भारतको सिमानाका गौरीफन्टामा ५ लाख भारतिय रकम सहित दुई नेपाली महिला पक्राउ परेका छन् । नेपालबाट भारत तर्फ गैरहेका अबस्थामा गौरीफन्टा चेकपोष्टमा नेपाली महिलाहरुबाट ५ लाख भारतिय रकम सहित पक्राउ गरेको बताईएको छ ।
पक्राउ पर्नेमा अछाम मेलेककी २८ बर्षीय निर्मला साँउद र बझाङ मटेलाकी २८ बर्षीया अनिता गिरी रहेका छन् । भारतमा काम गर्ने आफन्तले रकम पठाएपछि भारतको बनगाँवा बजारमा नेपाली सटही गर्न भारु रकम बोकेको उनीहरुले बताएका छन् । अहिले नेपालभारत सिमामा स्रोत नखुलेको रकम बोक्न कडाई गरेको छ ।