धनगढी– कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ४ स्थित ग्लि एकेडेमीका ९८ प्रतिशत विद्यार्थी कक्षा ८ मा उत्तिर्ण भएका छन ।
केही दिन अघि सार्वजनिक भएको कक्षा ८ को नतिजामा सो विद्यालयमा कक्षा ८ मा अध्ययनरत कुल विद्यार्थीमध्ये ९८ प्रतिशत उत्तिर्ण भएका हुन ।
विद्यालयमा कक्षा ८ मा ४५ जना विद्यार्थी रहेका थिए । सो मध्ये ए प्लस ल्याउने विद्यार्थीको संख्या २३ थियो । ए ग्रेडका १४ र वि ग्रेडका सात विद्यार्थी छन ।
३ दशमलब ९५ जिपिए ल्याउँदै कक्षा ८ मा अध्ययनरत आयुषा भट्ट विद्यालयमै सर्वोत्कृष्ट बनेकी छिन ।