धनगढी - मोडेल तथा कलाकार अनु खड्काले धनगढीमा डान्स स्टुडियो तथा जुम्बा क्लास सञ्चालनमा ल्याएकी छन्।
पछिल्लो समय मोडलिङको क्षेत्रमा सुदूरपश्चिमै चर्चा कमाएकी खड्काले धनगढीमा बसेर डान्स क्षेत्रमा केही गर्छु भन्ने हुटहुटी बोकेका विद्यार्थी तथा सम्पूर्ण डान्स क्षेत्रमा जान चाहनेहरूका लागि सजिलो होस् भन्ने उद्देश्यले जनवरी १ तथा पुस १७ गते ए के डान्स स्टुडियो तथा जुम्बा क्लासको समुद्घाटन गरेकी हुन् ।
आज उक्त डान्स स्टुडियो तथा जुम्बा क्लासको मोडेल खड्काका बुवा डम्बर बहादुर खड्काले उद्घाटन गरेका हुन् । आज उद्घाटनमा सुदूरपश्चिमका सिने जगतका तथा म्युजिक क्षेत्र र डान्सिङ क्षेत्रका दर्जनभन्दा बढी कलाकारहरूको उपस्थिति रहेको थियो। उद्घाटनमा पत्रकार महासङ्घ कैलालीका अध्यक्ष श्रवण देसमेत समेत उपस्थिति रहेको थियो