धनगढी - चितुवाको आक्रमणबाट कञ्चनपुरमा एक महिला घाइते भएकी छन् ।
शुक्लाफाँटा नगरपालिका –५ खजुवाकी ३० वर्षीया मानमती साउँद घाइते भएकी हुन् ।
गोठमा रहेको गोरुलाई घाँस दिन जानेक्रममा उनीलाई चितुवाले आक्रमण गरेको थियो । चितुवाको आक्रमणबाट साउँदको पिठ्यूँ र टाउकोमा चोट लागेको जनाइएको छ ।घाइते महिलाको झलारीस्थित एक अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको चिकित्सकले जनाएका छन् ।