रोशन थापा धनगढी – चियाकफी घर धनगढीको एलएनचोकमा पनि सञ्चालनमा आएको छ ।
विगत लामो समयदेखि धनगढी क्षेत्रमा व्यवसाय गर्दै आएका व्यवसायी खेम राज जोशीले आज वाट चिया कफी घरको एलएनचोक स्थित शाखाको औपचारिक रुपमा सञ्चालन गरेका छन्। पछिल्लो समय बजारमा प्याकेटका खाना हरू बढी प्रचलनमा रहेको र सो खानाहरूले मानिसको स्वास्थ्यमा गम्भीर असर पारिरहेको अवस्थामा स्थानीय खानाका परिकारहरूलाई विशेष प्रथमिक्ताका दिँदै आज चियाकफी घरको उद्घाटन गरिएको हो।
पछिल्लो समयमा आधुनिकता बढेसँगै परमपराग्त तथा मौलिक खानेकुराहरू हराउँदै गएको अवस्थामा चिया कफी घरले मट्का चिया तथा विभिन्न स्थानीय नास्तका परिकारहरु खुवाउनु खुसीको कुरा भएको नेपाल निजामती कर्मचारी सङ्घका पूर्व उपाध्यक्ष नारायण सत्याल भनाइ रहेको छ ।
चियामा प्रसिद्ध तथा सबैको रोजाइमा रहेको मटका चिया वा कफीका साथै उक्त घरमा स्थानीय नास्ताका परिकारलाई समेत विशेष प्राथमिकता दिइने सञ्चालकले जनाएका छन्। उक्त चिया तथा कफी घरमा पछिल्लो समय लोप हुँदै गरेका खानाका परिकार हरु निसौसे रोटी, ढिक्री, बटुक तथा विभिन्न अर्गानिक खानाका परिकारहरूलाई समेत विशेष महत्त्वका साथमा उपलब्ध रहने चिया कफी घरका सञ्चालक खेम राज जोशीले बताए ।
पछिल्लो समय विदेशिने युवाहरूको सङ्ख्या बढ्दै गरेको अवस्थामा यसले केही प्रेरणा मिल्ने समेत जोशीले बताए । अहिले सानो व्यवसायले सुरु गर्दा भोलिको समयमा यही व्यवसाय ठुलो बन्ने उनले धारण राखे । विगत लामो समय देखि धनगढीको मालपोत छेउमा चिया कफी घरको सञ्चालनमा ल्याएका जोशीले, गत वर्ष धनगढीको नवजिवन अस्पताल अगाडी चिया कफी दरवार सञ्चालनमा ल्याए । ग्राहकहरुको सुविधालाई ध्यानमा राख्दै आज वाट तेस्रो शाखा एलएन चोकमा चिया कफी घर वाट पनि सेवा सुचारु भएको छ । सेवाको मौका दिनहुन सञ्चालन पक्षको अनुरोध गरेको छ ।