चीनमा मुसलधारे वर्षा र बाढीमा परि ३८ जनाको मृत्यु

दक्षिणी चीनको गुआङडोङ प्रान्तमा मुसलधारे वर्षा र बाढीबाट मृत्यु हुनेको संख्या बढेको छ । लगातारको मुसलधारे वर्षाको कारण आज (शुक्रबार) सम्म मृत्यु हुनेको संख्या ३८ पुगेको सरकारी सञ्चारमाध्यमले बताएका छन् ।

सरकारी प्रसारक सीसीटीभीले पूरा साता मुसलधारे वर्षाका कारण आएको पहिरो र बाढीबाट हजारौँ घर र सडक क्षतिग्रस्त भएको तथा अर्बौं युआनको नोक्सान भएको जानकारी दिएको छ ।

ad_wide