धनगढी- कैलालीको चुरे गाउँपालिकामा बसर युवा क्लब द्वारा निःशुल्क सेनिटरी प्याड वितरण गरेको छ।
चूरे गाउँपालिका वडा नं ३ मा रहेका ९ ओटै आमा समूह र स्वंम सेबिकाहरुलाई चुरे गाउँपालिका पहिलो पेनाल्टी शूट आउट प्रतियोगिता “चुरे कर्पोरेट कप २०८१"अवसर पारी निःशुल्क सेनिटरी प्याड वितरण गरेको छ । महिला स्वच्छता र स्वास्थ्यप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले नि:शुल्क सेनिटरी प्याड वितरण कार्यक्रम आयोजना गरिएको थियो ।
महिला स्वास्थ्य र स्वच्छता प्रत्येक महिलाको अधिकार हो। हाम्रो समाजमा यस विषयलाई अझ धेरै प्राथमिकता दिनुपर्ने आवश्यकता छ। यो अभियानले चुरे ग्रामीण क्षेत्रका महिलाहरूलाई सहज र स्वस्थ जीवन जिउन मद्दत पुर्याउनेछ।बसर युवा क्लबले आगामी दिनमा पनि महिला सशक्तीकरण र स्वास्थ्यप्रति सचेतना फैलाउने यस्ता अभियानलाई निरन्तरता दिने योजना रहेको जनाएको छ।