धनगढी- चुरे गाउँपालिका वडा न ३ घ मा रहेको बसर युवा क्लबले चुरेमा बृहत वृक्षारोपण कार्यक्रम सम्पन गरेको छ।
“सकरात्मक सोच समृद्धि र हरियाली चुरे“ भन्ने मूल नाराका साथ पछिल्लो समयमा पर्यटकिय गन्तब्य बन्दै गरेको बसर तीन तले झरना मा विभिन्न प्रजातिका ११०० ओटा विरुवा लागएको छ। चुरे गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष श्री खगेन्द्र खडायत को प्रमूख आतिथ्य मा सम्पन्न भएको हो ।
बसर तीन तले झरना व्यावस्थापन समिति अध्यक्ष पृथ्वी राज विष्ट ,त्रिमूर्ति सहकारी संस्था अध्यक्ष भोज क्षेडाल, समाजसेवी हिक्मत भाट , जिवन खत्री, सहजपुर बजार व्यावस्थापन अध्यक्ष तथा सम्झना होटल एण्ड लज का संचालक ललित शाह, मिलन युवा क्लब , चुरे अटो व्यवसाय संघ, आदर्श आधारभुत विद्यालयका अध्यक्ष वीर क्षेडाल, स्थानिय बुद्धिजीवी, क्लबका सदस्य को उपस्थित मा सम्पन्न भएको हो ।
कैलालीको चुरे गाउँपालिका वडा न ३ मा रहेको बसर तीन तले झरना अहिले पर्यटक को आकर्षणमा पर्न गएको छ जसमा दैनीक स्थानिय र बाहय पर्यटक घुम्न आउने गरेका छन्। क्लबले खेलकुद, स्वास्थ, पर्यटन सम्बन्धी समय समयमा रचनात्मक कार्यक्रम गर्दै आई रहेको छ।