धनगढी- चुरे क्षेत्रको विकट ठाउँमा स्वास्थ्य सेवा प्रदान गर्दै आएको खैराला स्वास्थ्य चौकीलाई उल्लेखनीय योगदानको लागि चुरे गाउँपालिका पहिलो पेनाल्टी शूट आउट प्रतियोगिता “चुरे कर्पोरेट कप २०८१“आयोजना गरी बसर युवा क्लबले क्लबले सम्मान गरेको छ।
स्वास्थ्य चौकीले दुर्गम क्षेत्रका नागरिकलाई सेवा पु¥याएर समुदायको जीवनस्तर सुधार्न महत्वपूर्ण भूमिका खेलेको भन्दै प्रशंसा सहित सम्मान गरिएको हो । स्वास्थ्य चौकीले यस्तो सम्मानले अझ बढी प्रेरित भएर काम गर्न ऊर्जा प्रदान हुने र यस्ता सम्मानले स्वास्थ्यकर्मीलाई समेत प्रोत्साहित गर्नुका साथै स्थानीय स्वास्थ्य सेवाको गुणस्तर वृद्धि गर्न मद्दत पुग्ने आयोजकले जनाएको छ ।
विगत लामो वर्षदेखि स्वास्थ्य चौकीले प्राथमिक स्वास्थ्य सेवा, सुत्केरी सहायता, खोप कार्यक्रम लगायतका सेवाहरू उपलब्ध गराउँदै आएको छ।