धनगढी- चेक अनादर मुद्दामा फरार रहेकी कैलालीको टीकापुरकी एक महिला पक्राउ परेकी छिन्।
टीकापुर नगरपालिका–१ बस्ने ३८ वर्षीया डम्मरा कुमारी साँउद पक्राउ परेकी हुन्। साँउदलाई जल्ला अदालत कैलालीको फैसलाले चेक अनादर मुद्दामा ३ दिन कैद सजाय र १ लाख ८० हजार जरिवाना तोकेपछि उनी फरार रहेकी थिइन्। साँउदलाई इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले शुक्रवार उनकै घरबाट पक्राउ गरेको हो।