चैतन्य पाठशालाले आयोजना गरेको आमा तीज नित्य प्रतियोगिता २०८१ सम्पन्न

रोशन थापा धनगढी- शिक्षासँगै संस्कारको संगम चैतन्य पाठशालाले हाम्रो संस्कृति हाम्रो गौरव चैतन्य तीज उत्सव तथा आमा तीज नित्य प्रतियोगिता २०८१ सम्पन्न गरेको छ ।

धनगढी उपमहानगरपालिका वडा नम्बर ५ मा रहेको चैतन्य पाठशालाले विद्यार्थी र अभिभावक तथा विद्यालयलाई एकसाथ जोड्ने उद्देश्यले विभिन्न कार्यक्रमहरू गर्दै आएको छ। सोही कार्यक्रम अन्तर्गत आज पाठशालाले पाठशालामा अध्ययनरत विद्यार्थीहरूका अभिभावकहरूलाई आमा तीज नृत्यमा सहभागी गराइएको थियो।

आमा तीज नृत्य प्रतियोगितामा चैतन्य पाठशालामा अध्ययनरत विद्यार्थीका अभिभावकहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा धनगढी उपमहानगरपालिकाकी उपप्रमुख कन्द कुमारी राना प्रमुख अतिथि रहेकी थिइन् भने विभिन्न संघसंस्थाका प्रमुख उपप्रमुख तथा विभिन्न व्यक्तित्वहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा विद्यालयका विद्यार्थी तथा विद्यार्थीका अभिभावकहरूको विशेष प्रस्तुति रहेको थियो। कार्यक्रममा बोल्दै कार्यक्रमकी प्रमुख अतिथि धनगढी उपमहानगरपालिकाकी उपप्रमुख रानाले पछिल्लो समय तीजको नाममा छाडापन बढ्दै गएको र विभिन्न सामाजिक सञ्जालहरूमा अश्लिलता बढ्दै गएको अवस्थामा चैतन्य पाठशालाले गरेको यो कार्यक्रमले केही भएपनि समाजलाई पाठ सिकाउने आशा व्यक्त गरिन्। पाठशालाले केही शिक्षा समाजलाई दिने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको र यो कार्यक्रमले विद्यार्थी तथा विद्यार्थीका अभिभावकहरूमा भएपनि केही जनचेतना फैलिने आस रहेको पाठशालाका प्रधानाध्यापक कटकबहादुर सिंहले बताए ।

ad_wide