जग्गाको स्वामीत्व पाउन साथ बसपार्क निर्माणको ठेक्का प्रक्रिया अगाडी बढ्छ – अध्यक्ष राज बहादुर ऐर

शान्ति प्रसाद जोशी/रोशन थापा धनगढी -धनगढी उप महानगरपालिका वडा नम्बर–३ मा निर्माण गर्ने भनिएको आधुनिक बसपार्क जग्गाको स्वामित्व पाउनासाथ निर्माण हुने भएको छ ।

वडा नम्बर–३ स्थित शान्ति सामुदायिक वन उपभोक्ता समुहको करिव ४ दशमलव ९० हेक्टर जमिनमा आधुनिक बसपार्क निर्माण गर्ने तयारी धनगढी उप महानगरपालिकाले गरेको छ । बस्पार्कका लागि डिपिआर पनि तयार भइसकेको वडा नम्बर–३ का वडा अध्यक्ष राजबहादुर ऐरले बताउनु भयो । जग्गाको स्वामित्व प्राप्त नभएका कारण थप काम अघि बढ्न नसकेको उनकोे भनाई रहेको छ ।

वडा अध्यक्ष ऐरका अनुसार बस्पार्क निर्माण गर्न जमिनको स्वामित्व प्रादनका लागि सुदूरपश्चिम प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा फाइल पेस भएको छ । प्रदेश सरकारले फाइल संघिय सरकारमा पठाएपछि मन्त्री परिषदबाट जग्गा सम्बनधी निर्णय हुनु पर्ने छ ।

जग्गाको स्वामित्व प्राप्त भए आगामी माघ फागुनमा बस्पार्क निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढाउने तयारी उप महानगरले गरेको वडा अध्यक्ष ऐरले जानकारी दिए ।

धनगढी उप महानगरपालिकाले तयार गरेको डिपिआर अनुसार बस्पार्क निर्माणका लागि ६५ करोड र ८५ करोड लागत लाग्न सकने गरी दुई मोडेल तयार गरिएको छ । बस्पर्क सम्म जान र निकासिका लागि प्रस्तावित बस्पार्क निर्माण गर्ने स्थान संगै जोडिएको चक्रपथको स्तर उन्नती गर्ने प्रस्ताव पनि गरिएको छ । चक्रपथ नभए ६ लेन सडक संग जोडिएका शाखा सडकलाई चौडाबनाएर पनि आवतजावतलाई सहज बनाउन सकिने विकल्प रहेको वडा अध्यक्ष बताए ।

सो स्थानमा बसपार्क निर्माण भए स्थानीय स्तरमा रोजगारी सिर्जना हुने र युवा शक्तिले आफ्नै ठाउँमा काम पाउने अपेक्षा गरिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
WhatsApp Image 2024-10-09 at 9.45.27 AM