जयपृथ्वीबहादुर सिंह गौरीगंगा फुटबल प्रतियोगिता: सुदूरपश्चिम प्रदेश सेमिफाईनलामा

धनगढी– कैलालीको मध्यवर्ती क्षेत्र गौरीगंगामा भईरहेको जयपृथ्वीबहादुर सिंह गौरीगंगा राष्ट्रिय फुटबल प्रतियोगितामा सुदुरपश्चिम प्रदेश सेमिफाईनल प्रवेश गरेको छ । गौरीगंगा–११ स्पोर्टस क्लबको आयोजना र सुदूरपश्चिम खेलकुद परिषद्को तत्वाधानमाजयपृथ्वीबहादुर सिंह गौरीगंगा राष्ट्रिय फुटबल प्रतियोगिताको दोस्रो दिन भएको खेलमा सदुरपश्चिम प्रदेश सानदार जित सहित अन्तिम चारमा पुगेको हो ।

गौरीगंगा नगरपालिका–८ मा रहेको गौरीगंगा–११ स्पोर्टस क्लबको खेलमैदानमा भएको प्रतियोगिताको दोस्रो दिन विहीबार भएको खेलमा सुदुरपश्चिम प्रदेशले मधेश प्रदेशको नव जनजागृति क्लबलाई ४–०ले हराएको हो । सुदुरपश्चिमका लागि खेलको ८ मिनेटमा कमल देउवाले गोल गर्दै आफ्नो टीमलाई अग्रता दिलाए । १९ औं मिनेटमा हरिश भट्टले गोल गर्दै अग्रता दोब्बर पारे । श्याम विनाडीले दोस्रो हाफको ४८ औं मिनेट र ६० औं मिनेटमा दुई गोल गर्दै सुदुरपश्चिमलाई सानदार जित सहित सेमिफाईनलमा पुराए । सुदुरपश्चिमले फाईनल प्रवेशका लागि अव सेमिफाईनलमा कर्णाली प्रदेशसँग प्रतिस्पर्धा गर्नेछ ।

खेलमा उत्कृष्ट प्रदर्शन गरेका सुदुरपश्चिमका श्याम विनाडी म्यान अफ द म्याच भए । उनले पाँच हजार सहित ट्रफी पाए । प्रतियोगिताको विजेताले ५ लाख नगद सहित ट्रफी पाउनेछ भने उपविजेताले दुई लाख पचास हजार नगद सहित ट्रफी मेडल पाउनेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले पचास हजार, उत्कृष्ट गोलरक्षक १५ हजार, उत्कृष्टरक्षक १५ हजार, उत्कृष्ट फरवार्ड १५ हजार, सर्वाधिक गोलकर्ता १५ हजार, उदयमान खेलाडी १५ हजार, फेयर प्ले टिमलाई १५ हजार पुरस्कार दिईनेछ ।

प्रत्येक खेलको म्यान अफ द म्याचले नगद पाँच हजार सहित ट्रफी दिईने आयोजकले जनाएको छ ।प्रतियोगितामा ७ वटा प्रदेशका टीमहरुको सहभागीता रहनेछ । प्रदेश फुटबल संघको सहकार्यमा प्रदेशको टीम अथवा प्रदेशको क्लबको सहभागीता प्रतियोगितामा रहनेछ । प्रतियोगिता फागुन १४ गतेसम्म सञ्चालन हुनेछ ।

समृद्धिको आधार फुटबलको पूर्वाधार भन्ने मूल नाराका साथ सुदूरपश्चिम प्रदेशका राष्ट्रिय विभूतिको नाममा प्रतियोगिता सञ्चालन गरिएको आयोजक गौरीगंगा–११ स्पोर्टस क्लबका अध्यक्ष दिनेश कलेलले जानकारी दिए । गौरीगंगा–११ क्लबले आयोजना गरेको यो प्रतियोगिताको पाँचौं संस्करण हो ।

ad_wide