जती खोजेपनि देशमा सरकार भेटाएन
दीनदुःखीले बाँच्ने कुनै आधार भेटाएन
सबैथोक खरिद,बिक्री हुन्छ भन्छन् यहाँ
आँखाले त आँसु बिक्ने बजार भेटाएन
पसिना बेचेर जुन छोरा डाक्टर बनाइदिए
अहिले छोराले बाआमाको बिमार भेटाएन
प्रेमले धन भेटायो केही सम्पत्ति भेटायो
केवल अहिलेसम्म साँचो प्यार भेटाएन
जसले पुरै जिन्दगी किनारमा बिताइरह्यो
आखिर उसैले जिन्दगीको किनार भेटाएन।।
खेमा किनारा अत्तरिया