धनगढी –
चितवनमा रहेको त्रिशुल फुड्स प्रा. लि. जस्मिन मसलाको दसै तिहार त्रिपल धमाका लक्की ड्र कार्यक्रम धनगढीमा सम्पन्न भएको छ । क्रिशुल फुड्सले धनगढीमा एक कार्यक्रम गर्दै आफ्नो अफरमा छनौट भएका ग्राहक वर्गहरुलाई उपहार प्रदान गरेको हो ।
प्रथम पुरस्कार ४३ इन्च टेलिभिजन सेट दाङका व्यापारी ढकाल स्टोर ले प्राप्त गरेका कम्पनीका प्रवन्ध निर्देशक राजाराम खरेले बताए । उनले भने दितिय पुरस्कार ३२ इन्चको टिभि २ जना महेन्द्रनगरका व्यापारी दिक्षा किराना र सुर्खेत का ब्यापारी गङामाला स्टोर ले प्राप्त गरेको जानकारी दिए । तृतिय पुरस्कार ५ जनालाइ ग्यास चुलो प्राप्त गरेको छन् । चौथो पुरस्कार १५ जना लाई वालाङ्केट र सान्त्वना पुरस्कार ट्र्भल व्याग ४० जनाले प्रान्त गरेको कम्पनीले जनाएको छ । आगामी दिनमा पनि आफ्नो ग्रहक वर्गहरुलाई विभिन्न नयाँ उपहारको योजना ल्याईदै जाने कम्पनीका प्रवन्ध निर्देशक राजाराम खरेले बताए ।
कार्यक्रममा कम्पनीका प्रवन्ध निर्देशक राजाराम खरेल, सेल्स डाइरेक्टर कन्चन कुमार मिश्रा, सेल्स मेनेजर मदनश्रेष्ठ र सम्बन्धि एरियाका कम्पनी प्रतिनिधिहरु राप्ती, कर्णाली सुदुर पश्चिम का आधिकारिक डिलर साथै विभिन्न विशिष्ठ व्यतिmहरु, धनगढी र महेन्दनेगर का होलसेल, खुद्धा किराना व्यवसायी दुइसयका हाराहारीमा उपस्थिती भएको जनाईएको छ ।
विगत १५ वर्ष देखी नेपाली बजारमा आफ्नो उपस्तीथि रहेको जस्मिनका ब्राण्डको मसला को लकी ड्र कार्यक्रम १६ गते पोखरा, २४ गते इटहरी र ३० गते काठमान्डौमा समेत गरि देसै भरि ४ वटा ठाँउ कार्यक्रम सञ्चालन गरिने कम्पनी जनाएको छ ।