जिल्ला प्रशासन कार्यालय कैलालीले गर्याे लागु औषध दुर्व्यसन सम्बन्धी जनचेतनामुलक सडक नाटक

धनगढी- समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत समयमा जिल्ला प्रशासन कार्यालय कैलालीको आयोजनामा जनचेतना मुलक नाटक प्रदर्शन गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीको समन्वयमा जिल्ला कैलाली धनगढी उप–महानगरपालिका वडा नं. ०२ डोके बजार स्थित खाली रहेको प्राङ्गणमा नाटक प्रदर्शन गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र प्रमुख आतिथी रहेका थिए । त्यस्तै मोहन्याल गाउँपालिकाका अध्यक्ष देवी प्रसाद उपाध्याय, नेपाली सेना देविदल गण तेघरी ब्यारेक प्रमुख सेनानी धिरज थापा जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक पदम बहादुर बिष्ट,, सशस्त्र प्रहरी बल नेपाल नं. ३४ गण . हे. क्या. कैलालीका प्रमुख स. प्र. उ. दल बहादुर पान्डे जिल्ला प्रशासन कार्यालयका कर्मचारिहरु, बिभिन्न सरकारी तथा गैर सरकारी निकायका प्रतिनिधिहरु, युवा क्लबका पदाधिकारीहरु, बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु, समाजसेवी, स्थानिय सर्वसाधारणहरु, तथा अटो चालक र प्रहरी कर्मचारीहरु गरी अन्ताजी. १६०÷१७० जनाहरुको उपस्थिति रहेको प्रहरीले जनएको छ ।

समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत “लागु औषध दुर्व्यसन सम्बन्धी जनचेतनामुलक सडक नाटक प्रदर्सन” कार्यक्रम आयोजना गरिएको र कार्यक्रम साँझ ४ बजे सम्म संचालन भएको थियो ।

ad_wide